Need Help ?
Call: +977- 087550057
News Flash
जिल्लामा विद्यालय अनुगमन तिब्र : बाराम्बार विद्यालयमा अनियमित रहने २ जना शिक्षकहरुलाई राजिनामा गराईएको र ४ जना प्राथमिक शिक्षकहरु नपढाएको अवधिको तलब भत्ता राज्यकोषमा फिर्ता गराउने निरणय ।अन्य २ दर्जन भन्दा बढी शिक्षकहरुलाइ स्पस्टीकरण सोधिएको अवस्था ।|| विद्यार्थी सङख्या नभएका तथा न्युन भएका विद्यालयहरुबाट शिक्षकहरुलाइ विद्यार्थी सङख्या बढी भएका विद्यालयहरुमा काजमा राखिएकाे तथा लामाे समय अनुपसि्थत शिक्षकहरुलाइ कारवाही प्रकिंया शुरु ।|| मिति २०७२।३।२७ देखि २०७२।३।३१ सम्म कार्यमूलक अनुसन्धान सम्वन्धी शिक्षकहरुकाे तालिम सँचालन हुँदै|| यस आव २०७२।७३ को शिक्षकको पेशागत विकास तालिम सफल रुपमा सम्पन्न ।|| जिशिका डोल्पा विगत ११ वर्षदेखी हालसम्म बेरुजु फर्छौटको कार्यमा शुन्य बेरुजु कायम गरि Clean District रुपमा रहन सफल ।|| केन्द्रिय अनुगमन का झलकहरु|| यस आव २०७२।७३ मा ४ वटा घुम्ती विद्यालयहरु सँचालन L : श्री महादेव निमावि थापागाँऊ डोल्पा , श्री लक्ष्मी मावि थरगाँऊ डोल्पा , श्री शुभकामना निमावि रह र श्री अरनिको निमावि शहरतारा डोल्पा ।|| शिक्षा एेन २०२८(श‌सोधन)को दफा ११(ड) को उप दफा ६ बमोजिम स्थायी अध्यापन अनुमति पत्र नभएका चार जना अस्थायी शिक्षक सेवावाट अवकास।।||

जिल्लाको बारेमा

डोल्पा जिल्लाको परिचय

 

जिल्ला शिक्षा कार्यालय ,  डोल्पा :  एक संक्षिप्त परिचय 
 
            यस जिल्लामा समुदायमा चेतनाको कमी तथा भौगौलिक विषमताको कारण शैक्षिक विकास निकै पछि परेको पाइन्छ । वि.सं.२०६८ सालको ११ ओैं जनगणना अनुसार यस जिल्लाको साक्षरता प्रतिशत ५४ रहेको छ । जसमध्ये महिलाको साक्षरता करिव ४१ प्रतिशत  रहेको छ । पुरुषको साक्षरता चाहिं ६८ प्रतिशत रहेको छ । यस जिल्लामा जम्मा विद्यालय संख्या ११६ छन् । यसमध्ये प्रा.वि.तह मात्र सञ्चालित -शुद्ध प्रा.वि.) ८८ वटा, प्रा.वि.देखि नि.मा.वि. तह सम्म सञ्चालित -शुद्ध नि.मा.वि.) १२ वटा, प्रा.वि.,नि.मा.वि.र मा.वि. तह सञ्चालित -शुद्ध मा.वि.) १० वटा, प्रा.वि.,नि.मा.वि.,मा.वि.र उ.मा.वि. सञ्चालित २ वटा, नि.मा.वि.देखि उ.मा.वि.सम्म सञ्चालित ३ वटा र २ वटा बि.एड. सम्म पर्ढाई हुने क्याम्पस रहेको छ । त्यस्तै कूल प्रा.वि.सञ्चालित तह संख्या १०८, कूल नि.म्रा.वि.सञ्चालित तह संख्या २५, कूल मा.वि.  तह सञ्चालित  संख्या १५ र कूल उ.मा.वि.सञ्चालित तह संख्या ५ छन् । यस जिल्लाको प्रा.वि.मा ३८५ जना, नि.मा.वि.मा ५५ जना र मा.वि.मा ३६ जना शिक्षक दरवन्दी रहेको छ । यहाँ प्रा.वि तहमा .१७ , नि.मा.वि तहमा  १८ र मा.वि. तहमा.१४ वटा गरी ४९ ओटा राहत शिक्षकहरु कार्यरत रहेका छन् । 
प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रम ः
 
                 यस कार्यक्रम अन्तरगत यस जिल्लामा ९८ वटा बालविकास केन्द्रहरु संचालन भइरहेका छन् । त्यस मध्ये ९१ वटा विद्यालयमा आधारित र ७ वटा समुदायमा आधारित छन् ।
          अनौपचारिक शिक्षा अन्तरगत राष्ट्रिय साक्षरता अभियान ,प्रौढ शिक्षा द्वितीय र महिला शिक्षा द्वितीय कार्यक्रम संचालन भएका छन् । यस बाहेक यहाँ एउटा दुनैमा खुला विद्यालय -श्री सरस्वती उमावि दुनै) र जुफालमा अनौपचारिक प्रौढ -गृहणी) विद्यालय -श्री आदर्श उमावि जुफाल) पनि संचालित छन् । पुराना ५ वटा अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम पनि यसै वर्षसम्पन्न हुदैछन् ।  ५ वटा प्राथमिक शिक्षा विस्तार कार्यक्रमध्य २ वटा कक्षा पनि यसै वर्षसकिंदै छन् । 
 
जिल्लामा शैक्षिक संस्थाहरुको अवस्था :
                      प्रा.वि.,    नि.मा.वि.,  मा.वि.,     उ.मा.वि.       क्याम्पस सम्बन्धी विवरण, 
सामुदायिक        ८५             १३             १४                ५                 २
संस्थागत            ३                ०              ०                ०               
गुम्बाहरु              ३                            ०                                ०   ।
 
सरकारी स्वीकृत शिक्षक दरबन्दी र राहत शिक्षकहरुको विवरण, शै.स.२०७१ :
 
सि.नं.   तह  स्वीकृत दरबन्दी  कार्यरत  शिक्षक  स्थायी मध्ये श्रेणीगत    निजी     राहत       जम्मा शिक्षक
                                       स्थायी   अस्थायी  प्रथम  द्धितीय  तृतीय
१     माध्यमिक    ३६          २४         १२            ०         ४        ३२        १०       १४           ६०
२    नि.मा.वि        ५५           ३२        २३             १        ९         ४५        ९         १८          ८२
    प्राथमिक    ३८५          २८१       १०४           ६         ७०      ३०९       ११        १७         ४१३
       जम्मा       ४७६          ३३७        १३९           ७         ८३      ३८६       ३०        ४९         ५५५
 
      डोल्पा जिल्लाको परिचय
  • डोल्पा जिल्ला क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला हो । यसको क्षेत्रफल ७८८९ व.मी. छ । डोल्पा जिल्ला नेपालको कुल क्षेत्रफलको ५.३६५ भूभाग ओगटेको छ । यसको क्षेत्रफल महाकाली अञ्चल भन्दा करिव ९०० वर्ग किलोमिटर ठूलो छ । भोैगोलिक रुपमा अति विकट क्षेत्रमा फैलिएको डोल्पा जिल्ला शिक्षा, स्वास्थ्य लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत आवश्यकताबाट समेत बन्चित रहेको छ । यो जिल्ला सामुन्द्रिक सतहबाट १५२५ मी. देखि ७७५४ मी. उचाइसम्म फैलिएको छ । यस जिल्लाको सदरमुकाम दुनै बजार भेरी नदीको किनारमा  (खोचमा) सामुन्द्रिक सतहबाट २१५० मी.उचाइमा अवस्थित छ । यस जिल्लाको सबैभन्दा अग्लो भाग धवलागिरी (७७५४ मी ) र सबैभन्दा होचो भाग कालिका (१५२५मी) हो । यस जिल्लामा न्यूनतम १००अ देखि २००अ सम्म औषत तापक्रम रहेको अनुमान गरिएको छ । वर्षा वाषिर्क सरदर ४९९ मि.लि. रहेको छ । त्यसैले तुलनात्मक रुपमा चिसो बढी र पानी कम पर्ने जिल्लाको रुपमा यस जिल्लालाई लिइन्छ । 

विभिन्न समुदाय बसोबास गर्ने डोल्पा जिल्लाको नयाँ वस्ती कुगाउँ लाई मानिएको छ । यो गाउ २०३९ सालमा पत्ता लागेको थियो । भोैगोलिक विकटताका कारण सदरमुकाम दुनैबाट माथिल्लो डोल्पाका सात वटा गा.वि.स.हरु मुकोट, धो, छार्का, तिन्जे, साल्दाङ, भिजेर र फोक्सुण्डोमा पुग्न करिव ३ देखि ७ दिनसम्म लाग्छ ।  त्यहाँ ५।६ महिना हिउँले ढाक्ने हुदा मोैसमी बर्साईसराइको समस्या तथा छरिएर रहेको वस्तिहरुका कारण आधारभूत तथा प्राथमिक शिक्षा र्सवसुलभ हुन समेत सकेको छैन  यस जिल्लालाई प्रशासनिक तथा राजनीतिक दृष्टिले एउटा निर्वाचन क्षेत्र, २३ वटा गा.वि.स. र ९ वटा इलाकाहरुमा विभाजन गरिएको छ । भू-वनावट र धरातलीय दृष्टीकोणले जिल्लाको प्रमुख भेग क्षेत्रहरु ३ वटा छन् । 

१. तल्लो भूटान क्षेत्र  ः  कालिका, र्सर्मी, रिमी, काइगाऊँ, ल्हाँ र नर्कू गा.वि.स.हरु ।
२. मध्य क्षेत्र  ः        लिकू, पाहाडा, त्रिपुराकोट, जुफाल, सूँ, माझफाल, दुनेै, रह, शहरतारा र लावन गा.वि.स.हरु ।
३. माथिल्लो भोट क्षेत्र ः मुकोट, धो, छार्का, तिन्जे, साल्दाङ, भिजेर र फोक्सुण्डो गा.वि.स.हरु ।
  • प्राकृतिक सम्पदाले धनी डोल्पा जिल्लाको मूख्य नदी ठूलो भेरी हो । मुकोट हिमाल -६६३९ मि.), पुथा हिउचुली - ७२४९ मि.), विश्वको सुन्दर कान्जिरोवा हिमाल -६२२१ मि.),धौलागिरी हिमाल र चुरेन हिमाल डोल्पा जिल्लाका प्रमुख हिमाल र हिमश्रंृखलाहरु हुन् । 
  • डोल्पा जिल्लामा रहेका प्रमुख झरनाहरु सुलीगाढ झरना, खालीवन झरना, तिप्ला झरना र छडेखोला झरना हुन् । नेपालकेै सवैभन्दा गहिरो र प्रसिद्ध ताल फोेेक्सुण्डो यसै जिल्लामा पर्दछ । जगदुल्ला ताल, नाछिर ताल, छमकुने ताल, सुकदह, सुनदह, चौथाय ताल, दुधकुण्डली र कोच्यारा ताल लगायत थुप्रै तालहरु पनि यस जिल्लामा रहेका छन् । 
  •  यो जिल्ला विश्वकै प्रमुख धार्मिक स्थलहरुमध्ये प्रसिद्ध गुम्वाहरु भएको तर्ीथस्थल हो । यहाँका मानिसहरुमा हिन्दू धर्म, बौद्ध धर्म र प्राचीन बोन धर्मप्रति विश्वास रेहेको पाइन्छ । माता त्रिपुरासुन्दरी देवी को मन्दिर र विश्वकै अग्लो स्थानमा रहेको शे- गुम्वा जस्ता प्रसिद्ध तिर्थस्थल यहीं छन् । प्राकृतिक विविधताले भरिपर्ूण्ा डोल्पा जिल्ला पर्यटकीय स्थलका रुपमा समेत स्थापित भएको छ । 
  • शे-गुम्वा, शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज, फोक्सुण्डो ताल र यार्सागुम्बा, गुच्ची च्याउ, जटामसी, पाँच ओैले जस्ता दर्ुलभ र अमूल्य जडिबुटिहरु यस जिल्लाका पर्यटकहरुको मन जित्ने सास्कृतिक तथा प्राकृतिक वरदानहरु हुन् । कृषि उपज र प्रमुख वालीहरुमा फापर, उवा, आलु, जौं, मकै, चिनो, कोदो, गहुँ आदि हुन् । यस जिल्लाका प्रमुख फलफूलहरु स्याऊ, ओखर, नासपति, आरु, कागती आदि हुन् । प्रमुख तरकारीहरुमा रायोसाग, मुला, बन्दा, काउली, सुइससाग, गोलभेडा, खुर्सानि, फर्सी आदि छन् । प्रमुख पशुपालनमा  भेडा, च्यांग्रा, चौरी, झोपा, घोडा, गाई, बाख्रा आदि पर्दछन् । 
  • यस जिल्लामा विभिन्न जात जाति, भाषाभाषी र धर्म सस्कृति भएका समुदाय र मानिसहरुको वाहुल्यता रहेको छ । यहाँका अधिकांस मानिसहरुको नेपाली भाषा बाहेकको दोस्रो भाषा लामा खाम भाषा र मगर काइकर्ेइ भाषाको बाहुल्यता भएका कारण अध्ययन अध्यापन कार्यमा कठिनाइ भएको पाइन्छ । शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तक नेपाली भाषाका तर बालबालीकाहरु दोस्रो भाषाका कारण यो समस्या बनेको हो । यस जिल्लामा यातायातको एक मात्र साधन भनेको नेै हवाइ मार्ग हो । सरकारको विकासप्रतिको उदासिनता र ढिलाइका कारण हालसम्म मोटरबाटो निर्माण कार्य सम्पन्न हुन सकेको छेैन ।  सदरमुकाम र अन्य थोरै ठाउँमा मात्र विधुत सुविधा पुगेको छ । गाउँघरमा सोलार वत्तीको प्रयोग बढिरहेको छ । सदरमुकाम र आसपासका केही गा.वि.स.हरु बाहेक जिल्ला विद्युत सेवा र सञ्चार माध्यमबाट समेत वन्चित रहेको छ । सडक यातायातले जोड्ने डोल्पा सदरमुकामदेखि जाजरकोट खलंगासम्मको मोटर बाटो निर्माण कार्य श्ाुरु भएको वर्षौ भइसकेको छ तर सम्पन्न कहिले हुने हो भन्न सकिन्न । जुफालमा विमानस्थलमा पनि हवाई सेवा नियमित नहुनाले यहाँका मानिसहरुलाई आवतजावत गर्न अति नै कठिनाई छ । 
  •  वि.सं.२०६८ सालको ११ ओैं जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या ३४८३१ छ । जसमध्ये पुरुष१८२३८  र महिला १८४६२ जना रहेका छन् । जनसख्याको हिसाबले यो जिल्ला सानो आकारको विभिन्ना थर जातजाति मिलेर वनेको छ । यो जिल्ला अति दर्ुगम र विकट भएकोले जिल्ला वासीको स्वास्थ्य स्थिती कमजोर रहेको छ । जिल्लामा आधुनिक उपचारका लागि १४ वटा उपस्वास्थ्य चौकी एउटा जिल्ला आयर्ूर्वेद केन्द्र र ७७ वटा गाउघर क्लिनिक रहेका छन । विभिन्ना जटीवुटीहरुका साथै २ वटा तिब्वतीयन आन्ची औषधालय पनि रहेका छन् । यस जिल्लामा वसोवास गरिरहेका मानिसहरुको सरदर औसत आयु ५२ वर्षरहेको छ भने शिशु मृत्युदर ५९.५ प्रतिहजार, वालमृत्युदर ९७.३ प्रतिहजार, मातृ मृत्युदर ४४ं७ प्रतिहजार र कुल प्रजनन् ४.८ प्रति महिला रहेको देखिन्छ ।
  • स्रोत : नवप्रर्वतनात्मक कार्यको प्रतिवेदन, जि.शि.का. , डोल्पा ।